arrow

आईसीसी महिला टी–२० ग्लोबल क्लालिफायरका लागि नेपाली टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
indu-barma-captain-nepali-c.jpg
तस्बिर : फाइल

काठमाडौँ । आईसीसी महिला टी–२० ग्लोबल क्लालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले इन्दू बर्माको कप्तानीमा आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

टोलीको उपकप्तानीको जिम्मा पूजा महतोलाई दिइएको छ । अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, समन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् । 

प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म काठमाडौँमा सञ्चालन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ