arrow

मदुरोको 'पतन' पछिको भेनेजुएला: तत्काल चुनावको सम्भावना नरहेको अमेरिकी संकेत, रोड्रिगेज बनिन् कार्यवाहक राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
maduro-with-wife.jpg

काठमाडौँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिएका छन्। शनिबार अमेरिकी सेनाले मदुरोलाई नियन्त्रणमा लिएपछि उत्पन्न परिस्थितिबारे टिप्पणी गर्दै उनले भेनेजुएला अहिले सरकारविहीन अवस्थामा रहेको बताएका हुन्। 

आइतबार एनबिसीको ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै रुबियोले भेनेजुएलामा तत्काल चुनाव गर्ने विषयमा भइरहेका छलफलहरूलाई ‘अपरिपक्व’ धारणाको संज्ञा दिएका छन्। अहिलेको मुख्य प्राथमिकता चुनाव नभएर मदुरोको शासनकालमा सिर्जना भएका गम्भीर समस्या र चुनौतीहरूलाई सम्बोधन गर्नु रहेको उनको भनाइ छ।

यसैबीच, भेनेजुएलाको राजधानी काराकासबाट प्राप्त पछिल्लो समाचारअनुसार त्यहाँको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ। अमेरिकी सेनाले शनिबार काराकासमा हवाई आक्रमण गरी राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्युयोर्क पुर्‍याएपछि रिक्त रहेको पदमा रोड्रिगेजलाई जिम्मेवारी सुम्पिएको हो। 

अमेरिकाले पनि मदुरोको गिरफ्तारीपछि खाली रहेको सो पदमा रोड्रिगेजलाई नै कार्यवाहक राष्ट्रपतिका रूपमा अघि बढाउने संकेत दिएको छ। रुबियोका अनुसार अमेरिकाले अहिले भेनेजुएलाका जनतालाई विद्यमान समस्याहरूबाट पार पाउने अवसर प्रदान गर्नमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ