एनआईसी एशिया बैङ्कको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
550
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले यस बैङ्कको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सकिने छ।
बैङ्कले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ।
बैङ्कले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।
यस बैङ्कले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैङ्कको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।