arrow

कांग्रेस विशेष महाधिवेशन

ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट बाजागाजासहित शुरुभयो जुलुस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
nepali-congress-second-special-general-convention-hamrakura.jpg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटनअघि काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट बाजागाजा र सांस्कृतिक झाँकीसहितको जुलुस शुरु भएको छ। ललितपुरको कुपण्डोलबाट पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा भव्य र्‍याली शुरु गरिएको छ।

उक्त र्‍यालीमा बाग्मती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे र जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको छ। र्‍यालीमा सहभागीहरू परम्परागत पोशाक, सांस्कृतिक झाँकी र बाजागाजासहित उत्साहपूर्वक भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन्।

यसैगरी, काठमाडौँको शंकरदेव क्याम्पसबाट पनि महाधिवेशनको सफलताको नारा लगाउँदै भव्य जुलुस निकालिएको छ। आयोजक समितिका अनुसार आज सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक र कमलपोखरीबाट पनि जुलुस निकाल्ने तयारी पूरा भएको छ। यी सबै ६ वटा रुटबाट निस्किएका जुलुसहरू भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ।

शक्ति प्रदर्शनका रूपमा आयोजना गरिएको यो जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि उद्घाटन समारोह शुरु हुने र आजै बन्दसत्र पनि प्रारम्भ गरिने सचिवालयले जनाएको छ। यो विशेष महाधिवेशन भोलि सोमबारसम्म सञ्चालन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ