arrow

टी–२० विश्वकपको तयारी गर्न नेपाली टोली श्रीलङ्का र भारत जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
ind-sl-cricket-can-preparation.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रूपमा सञ्चालन हुने आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएको छ । 

नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्नासाथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ । 

नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र  त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता श्रीलङ्का जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फर्किने क्यानले जनाएको छ । 

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् । 

विश्वकपमा नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटालीसमेत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ