arrow

स्कुल बस दुर्घटना हुँदा धरानमा पाँचको घटनास्थलमै मृत्यु, १२ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
accident-final.jpg

सुनसरी । धरानमा स्कूल बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नं १३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको डीएसपी भिषणबाबु राईले जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ