arrow

कम्बोडिया-थाइल्याण्ड सीमा विवाद कायमै: वार्ता भएन सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
cambodia-thailand-war.jpg

काठमाडौं । कम्बोडिया र थाइल्याण्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक कुनै पनि सहमति नजुटाई बिहीबार सम्पन्न भएको छ। कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले बैठक निष्कर्षविहीन टुङ्गिएको जानकारी दिएकी छन्।

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्याण्डको सा काओ प्रान्तबीचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौँ सैन्य क्षेत्र र थाइल्याण्डको पहिलो सेना क्षेत्रबीच आसियान पर्यवेक्षक टोलीको रोहवरमा भएको थियो।

प्रवक्ता सोचेटाले विज्ञप्ति जारी गर्दै भनेकी छन्, "दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्। यद्यपि, सहमति नभएसम्म कागजात आदान–प्रदान र वार्ता जारी राख्न दुवै पक्ष आ-आफ्नो मुख्यालय फर्कन सहमत भएका छन्।"

उनका अनुसार सहमति जुटेपछि मात्र कम्बोडिया–थाइल्याण्ड आरबीसी बैठक र दुवै देशका सैन्य क्षेत्रबीच औपचारिक हस्ताक्षर समारोह आयोजना हुनेछ। यसअघि सशस्त्र द्वन्द्वको नयाँ चरण सुरु भएको तीन हप्तापछि सन् २०२५ डिसेम्बर २७ मा दुवै देश तत्काल युद्धविराम गर्न सहमत भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ