arrow

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल मेची पुलको ब्यारिकेटमा ठोक्किँदा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
accident-final.jpg

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । 

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ