अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो: यस्तो छ आजको विदेशी मुद्राको सटही दर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
720
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको नयाँ सटही दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ, जसको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ। युरोपियन युरोको मूल्य पनि उच्च रहँदा यसको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा पुगेको छ।
वैदेशिक रोजगारी र व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने पाउन्ड स्टर्लिङको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा तोकिएको छ भने स्विस फ्य्राङ्क १८६ रूपैयाँ ६६ पैसासम्ममा बिक्री हुनेछ।
आज अष्ट्रेलियन डलरको खरिददर १०१ रूपैयाँ २८ पैसा र क्यानेडियन डलरको खरिददर १०५ रूपैयाँ ६१ पैसा तोकिएको छ। सिङ्गापुर डलरको विनिमय दर ११३ रूपैयाँको आसपास रहँदा जापानी येन १० को बिक्रीदर ९ रूपैयाँ २५ पैसा कायम भएको छ।
छिमेकी मुलुक चीनको मुद्रा युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। खाडी मुलुकको यात्रा वा रेमिट्यान्स पठाउनेहरूका लागि साउदी रियालको बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा र कतारी रियालको ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ।
मलेसिया र खाडीका अन्य देशको मुद्रातर्फ मलेसियन रिङ्गेटको बिक्रीदर ३६ रूपैयाँ ८८ पैसा र युएई दिरामको ३९ रूपैयाँ ४८ पैसा तोकिएको छ। कुवेती दिनार सबैभन्दा महँगो मुद्राका रूपमा यथावत रहँदै यसको बिक्रीदर ४७४ रूपैयाँ ७१ पैसा पुगेको छ भने बहराइन दिनार ३८४ रूपैयाँ ६२ पैसामा कारोबार हुनेछ।
दक्षिण कोरियाली वन १०० को बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम हुँदा भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। यो दरले वैदेशिक व्यापार र रेमिट्यान्समा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।