arrow

बेंगलुरुले दोस्रो पटक जित्यो महिला प्रिमियर लिग, दिल्ली लगातार चौथो पटक फाइनलमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
rcb-wiinners-2026.jpg

बडोदरा । भारतीय क्लब रोयल च्यालेन्जर्स बेंगलुरूले लगातार दोस्रो पटक टी-२० महिला प्रिमियर लिग जितेको छ। टोलीले बिहीबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै बेंगलुरूले उपाधि जितेको हो । 

बेंगलुरु गत सिजनको च्याम्पियन पनि हो । जबकि दिल्ली लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बेंगलुरुले बडोदराको कोटाम्बी स्टेडियममा २ बल बाँकी रहँदा २०४ रनको लक्ष्य पछ्यायो। यो डब्ल्यूपीएलको फाइनलमा सबैभन्दा धेरै रन पछ्याउने खेल हो। कप्तान स्मृति मन्धानाले ८७ रन बनाइन् भने जर्जिया भोलले ७९ रन बनाइन्। यी दुईले ९२ बलमा १६५ रनको साझेदारी गरे।

अन्तिम ओभरमा दश रन आवश्यक थियो। राधा यादव र नादिन डे क्लार्कले पहिलो दुई बलमा दुई एकल रन लिए। राधाले तेस्रो बलमा चौका प्रहार गरिन्। उनले चौथो बल कभरतिर खेलिन्, तर उनको ब्याट स्टम्पमा लाग्यो। बल बाउन्ड्रीभन्दा बाहिर गयो, तर स्टम्पहरू अछुतो रहे। यसरी, आरसीबीले आफ्नो दोस्रो उपाधि जित्यो।

दिल्लीकी कप्तान जेमिमा रोड्रिगेजले ३७ बलमा ५७ रन बनाइन्। उनको इनिङमा आठ चौका समावेश थिए। लौरा वोल्भार्ड ४४ र शेनेल हेनरीले ३५ रनमा अविजित रहे। लिजेल लीले ३७ र शेफाली वर्माले २० रन बनाइन्। यी इनिङहरूले दिल्लीलाई WPL फाइनलमा उच्चतम स्कोर बनाउन मद्दत गर्‍यो, तर टोली जित्न असफल भयो।

कसले के पायो ?

प्रतियोगिताको विजेता रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड भारू तथा दिल्ली क्यापिटल्सले ३ करोड भारू जित्यो ।  प्रतियोगिताकी खेलाडी सोफी डेभिनले ५ लाख भारू प्राप्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ