टी–२० विश्वकपको दोस्रो खेलमा स्कटल्याण्डमाथि वेष्ट इन्डिजको सहज जित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
781
Shares
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा वेष्ट इन्डिज विजयी भएको छ । वेष्ट इन्डिजले स्कटल्याण्डमाथि ३५ रनको सहज जित हासिल गरेको हो ।
भारतको इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५ विकेटको क्षतिमा १८२ रन बनायो । शिमरन हेटमायरले ३६ बलमा ६४ रन बनाए । त्यस्तै ब्रान्डन किंगले ३० बलमा ३५ रन बनाए ।
ब्राड क्युरीले २ विकेट लिए ।
जवाफमा स्कटल्याण्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनायो । कप्तान रिच्चि ब्रिङटनले सर्वाधिक ४२ रन बनाए ।
रोमारियो शेफर्डले २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै जासन होल्डरले ३ विकेट लिए । यो समूह सीको खेल हो ।
आजको तेस्रो खेलमा भारत र अमेरिका भिड्दै छन् । यो खेलमा भारतको वाङ्खेडे मैदानमा हुँदैछ ।
पहिलो खेलमा पाकिस्तानको संघर्षपूर्ण जित
टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सनसनीपूर्ण तर संघर्षपूर्ण जित हासिल गरेको छ ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको विश्वकपको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि सनसनीपूर्ण ३ विकेटको जित हासिल गरेको हो ।
अन्तिम दुई ओभरमा २९ रन बनाउनु पर्ने पाकिस्तानले १९ औँ ओभरमा २४ रन बनाएसँगै खेल सनसनीपूर्ण तरिकाले जितेको हो ।
श्रीलंकाको कोलम्बोमा भएको समूह एको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १४७ रन बनायो ।
कप्तान स्कट एड्वार्डसले २९ बलमा ३७ तथा बास डे लिडेले २५ बलमा ३० रन जोडे । पाकिस्तानका लागि सल्मान मिर्जाले ३ तथा मोहम्मद नवाज, अब्रार अहमद र सइम अयुबले समान २ विकेट लिए ।
जवाफमा पाकिस्तानले ३ बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गर्यो । फहिम अशरफले ११ बलमा अविजित रहँदै २९ रन बनाउँदै टिमलाई जिताए ।
त्यस्तै सहिबजादा फर्हानले ३१ बलमा ४७ तथा सइम अयुबले १३ बलमा २४ रन बनाए । योसँगै नेदरल्याण्ड्सले जित हासिल गर्ने सुन्दर अवसर गुमायो ।
नेपालको खेल
नेपालको भिडन्त भने आइतबार हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्नेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् ।
समूह बीमा अष्ट्रेलिया आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।