arrow

टी–२० विश्वकपमा भारतको विजयी शुरूआत, सूर्याको कप्तानी इनिङ्स

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
suryakumar-yadav-t20-wc-vs-usa.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी शुरूआत गरेको छ । 

शनिबार रातिको खेलमा भारतले अमेरिकामाथि २९ रनको जित हासिल गर्यो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १६१ रन बनायो । ७७ रन जोड्दा ६ विकेट गुमाइसकेको भारतलाई कप्तान सूर्याकुमार यादवले जोगाए । 

सूर्याले कप्तानी इनिङ्स खेल्दै ४९ बलमा अविजित रहँदै ८४ रन जोडे । त्यस्तै तिलक वर्माले १६ बलमा २५ रन बनाए । 

सूर्याले कप्तानका रुपमा टी–२० मा १००० रन पूरा गर्ने क्रममा आठौँ अर्धशतक बनाएका हुन् । शड्ले भान शिहाल्कायकले २५ रन खर्चेर ४ विकेट लिए । 

जवाफमा अमेरिकाले ८ विकेटको क्षतिमा १३२ रन बनाउन सक्यो । शुभम रञ्जने र सञ्जय कृष्णमूर्तीले समान ३७ रन बनाए भने मिलिन्द कुमारले ३४ रन बनाए । मोहम्मद सिराजले ३ तथा अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए । 

सूर्या प्लेयर अफ द म्याच भए । उनी सबैभन्दा धेरै पटक प्लेयर अफ द म्याच हुने भारतीय खेलाडी बनेका छन् । उनले विराट कोहलीलाई पछाडि छोड्दै १७ औँ पटक उक्त उपाधि जितेका हुन् । 

भारतको समूह ए मा पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । यसअघि पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ