arrow

राष्ट्रियसभामा आज प्रधानमन्त्री कार्कीले 'चलचित्र विधेयक' टेबल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
sushila-at-rastrashaba.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। 

सङ्घीय संसद् सचिवालयले अपराह्न १ः१५ बजेका लागि तय गरेको बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफलको प्रस्ताव गर्दै पारितका लागि सभासमक्ष प्रस्तुत गर्नेछिन्। चलचित्र क्षेत्रलाई व्यवस्थित र समयसापेक्ष बनाउने लक्ष्यका साथ यो विधेयक ल्याइएको हो।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम समेत रहेको छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। 

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ