डलरको भाउ एक सय ४५ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगिए
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
563
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा पुगेको छ।
युरोपियन युरोको मूल्य पनि उच्च देखिएको छ, जसको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा कायम गरिएको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा र अष्ट्रेलियन डलरको १०३ रुपैयाँ ५६ पैसा रहेको छ।
अन्य मुद्राहरूमा क्यानेडियन डलरको बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलरको ११५ रुपैयाँ २६ पैसा र जापानी येन १० को नौ रुपैयाँ ४८ पैसा कायम भएको छ। चिनियाँ युआन एकको बिक्रीदर २१ रुपैयाँ ५ पैसा पुगेको छ भने खाडी मुलुकका मुद्राहरू मध्ये साउदी रियालको ३८ रुपैयाँ ७८ पैसा, कतारी रियालको ३९ रुपैयाँ ७९ पैसा र युएई दिरामको बिक्रीदर ३७ रुपैयाँ १५ पैसा तोकिएको छ। सबैभन्दा महँगो मुद्रा मानिने कुवेती दिनार एकको बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा र बहराइन दिनारको ३८५ रुपैयाँ ७४ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार मलेसियन रिङ्गेटको बिक्रीदर ३७ रुपैयाँ १५ पैसा र साउथ कोरियन वन १०० को १० रुपैयाँ ३ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ।
केन्द्रीय बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्नेछ।