arrow

चितवनमा स्कार्पियोको ठक्करबाट अटो यात्रुको मृत्यु, चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
Accident-sign.jpg

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा परी अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको ज्यान गएको हो।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको ना १ ह ८७६५ नम्बरको अटोरिक्सालाई विपरित दिशाबाट आएको बा १५ च ९८७६ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका खत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य चार जनाको पनि सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले स्कार्पियो र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ