arrow

विश्वकपमा नेपालको लगातार दोस्रो हार, अघिल्लो चरणको यात्रा कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
nepal-italy.jpg

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोर्न पुगेको हो। नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई सहजै पूरा गर्‍यो। 

इटालीको जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले विष्फोटक ब्याटिङ गर्दै सानदार साझेदारी गरे। जस्टिनले ५ चौका र ३ छक्काको मद्दतमा ४४ बलमा ६० रन जोडे भने एन्थोनीले ३ चौका र ६ छक्का प्रहार गर्दै ६२ रनमा अविजित रहे। नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् र सबै महँगो सावित भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ र कप्तान रोहित पौडेलले २३ रन जोडे। त्यस्तै आसिफ शेखले २०, करण केसीले १८ र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। कुशल भुर्तेल, लोकेश बम र गुलशन झा सस्तैमा समेटिए भने नन्दन यादवले खातासम्म खोल्न सकेनन्। 

इटालीका क्रिसन कलुगामागेले तीन र बेन मनेन्टीले दुई विकेट लिएर नेपाली पारीलाई सस्तैमा समेट्न मुख्य भूमिका खेले। पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले हारेको नेपाल यो पराजयसँगै समूह 'सी' मा अङ्कविहीन बनेको छ। योसँगै नेपालका लागि अघिल्लो चरणको यात्रा कठिन बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ