arrow

ब्राउन सुगरसहित चार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
pakrau9.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुलबहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।

लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले चन्द्रपुर-४ स्थित गणेशचोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राजबलम पाख्रिन मगरलाई पक्राउ गरेको छ ।

उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने मेसिन र प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका टुक्रासमेत बरामद गरिएको छ ।

अनुसन्धानकै क्रममा सोही साँझ ६ः३० बजे चन्द्रपुर-१ स्थित अमृत घिसिङको घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ