arrow

नागढुङ्गाबाट १२ लाखको चाँदीसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
chadi-ss.jpg

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित 'चेक प्वाइन्ट' बाट १२ लाख रुपैयाँ बराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्।

वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर जाँच गर्दा पर्साको फेटा गाउँपालिका–६ का आसु साब पक्राउ परेका हुन्। 

उनको झोला खानतलासी गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेको नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बरामद चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पेस गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ