arrow

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह समूहका तीन कमान्डरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
lebnan-flag.jpg

काठमाडौँ । पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरहरूको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । आक्रमणमा अन्य ३५ जना घाइते भएको लेबनानी सुरक्षा स्रोतले जनाएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढीको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

लेबनानी नागरिक रक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृतकको सङ्ख्या ११ पुगेको तथा ३५ जना घाइते भएको जनाएको छ। स्रोतका अनुसार बेपत्ता व्यक्तिहरूको खोजीको प्रयास भइरहेको छ ।

सुरक्षा स्रोतहरूलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरहरू मध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेको जनाइको छ ।

हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै हुसेन “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ ।

लेबनानी सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटहरूसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ ।

सन् २०२४ नोभेम्बर २७ देखि, हेजबुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ