मनहरीमा बस बिजुलीको पोलमा ठोक्कियो, २२ यात्रु घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
729
Shares
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ ख ००५४ नम्बरको बस मनहरी गाउँपालिका–७, बिजौनास्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार तीव्र गतिमा रहेको बस सडकको बायाँतर्फको विद्युत् पोलमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा परेर घाइते भएका २२ जनालाई नै तत्काल उद्धार गरी थप उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको छ।