भैँसीगौडा दुर्घटनाबारे यसो भन्छ पृथ्वी राजमार्ग बस सञ्चालक समिति
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
1.1k
Shares
गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।
पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुई जना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।
“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने ।
बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २६ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।