मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना, १५ घाइते, केहीको अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
712
Shares
काठमाडौँ। काटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको छ ।
काटारीबाट गाईघाट जाँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
बस सडकबाट करिब ४० फिट तल खसेको छ । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा उदयपुर उदयपुरगदी गापा ७ बस्ने ७३ वर्षीय सोममाया मगर, उदयपुर कटारी नपा ४ बस्ने ३५ वर्षीय अनिता चौधरी, उदयपुर ताप्ली गापा ५ बस्ने वर्ष ४० को प्रकाश भुजेल र उदयपुर त्रिनपा ११ बस्ने २२ वर्षीया मणिका मगर रहेका छन् ।
यस्तै, उदयपुर त्रिनपा-७ चुहाडे बस्ने २१ वर्षीय रेशिका बस्नेत, उदयपुर त्रियुगा नपा-५ बस्ने २० वर्षीय रेश्मा बस्नेत, उदयपुर कटारी नपा-४ बस्ने १९ वर्षीय पवित्रा श्रेष्ठ, उदयपुर रौतामाई गापा-७ का १७ वर्षीया तिलक बस्ने र उदयपुर उदयपुरगदी गापा टाडे बस्ने १० वर्षीया दपेश तामाङ छन् ।
यसैगरी, उदयपुर कटारी नपा-५ बस्ने वर्ष ७८ को दलबहादुर तामाङ, उदयपुर कटारी नपा-२ गोलपार्क बस्ने वर्ष ६० कि सोममाया परियार, उदयपुर कटारी नपा-३ बस्ने वर्ष २७ को नितेश बुढाथोकी, उदयपुर कटारी नपा-४ बस्ने वर्ष १५ को प्रेम तामाङ, उदयपुर ताप्ली गापा-५ रुपाटार बस्ने वर्ष २८ को सुवास नेपाली र उदयपुर कटारी नपा-४ बस्ने वर्ष १५ को सुजन तामाङ समान्य घाइते भएका छन् ।
प्रहरीले बस चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।