अर्घाखाँचीलाई समुन्नत बनाएर जनता खुशी पार्ने अभियानमा विष्णु मुस्कान
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
1.3k
Shares
अर्घाखाँची । निष्ठा र संघर्षको एक राजनीतिक यात्रामा निरन्तरता दिने व्यक्तित्व हुन् विष्णुप्रसाद खनाल “मुस्कान” । तिनै मुस्कान अहिले अघाखाँची जिल्लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।
बाल्यकाल अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–४, मखातमा विसं २०२६ सालमा जन्मिएका विष्णुप्रसाद खनाल ’मुस्कान’ नेपाली राजनीतिका एक निष्ठावान र जुझारु व्यक्तित्व हुन् । मुस्कानले राजनीतिशास्त्रमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातकसम्मको उच्च शिक्षा हासिल गरेका छन् ।
विद्यार्थी राजनीति र उदय उनको राजनीतिक यात्रा वि.सं. २०४२ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएसँगै शुरू भएको थियो । उनले विजय माध्यमिक विद्यालयको नेविसंघ सचिव (२०४३/२०४४), पाणिनी बहुमुखी क्याम्पसको नेविसंघ एकाइ सभापति र विसं २०४९ मा स्ववियु उपाध्यक्ष जस्ता पदहरूमा रहेर विद्यार्थी हकहितका लागि काम गरे ।
पछि उनले विसं २०४८ देखि २०५२ सम्म नेविसंघ अर्घाखाँचीको जिल्ला सभापतिको रूपमा नेतृत्व सम्हालेका थिए । पार्टी नेतृत्व र योगदान नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणमा खनालको महत्वपूर्ण भूमिका रहेको छ । उनले अर्घाखाँची जिल्ला कार्यसमितिको सचिव (२०५४/२०६२) र उपसभापति (२०६२/२०६६) हुँदै विसं. २०७४/२०७९ सम्म जिल्ला सभापतिको सफल जिम्मेवारी निर्वाह गरे। हाल उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीको रूपमा कार्यरत छन् । उनले विसं २०८२ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमासमेत प्रतिस्पर्धा गरेका छन् ।
आन्दोलन र शान्ति प्रक्रियामा भूमिका वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा उनले अर्घाखाँची जिल्ला संयोजकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सोही क्रममा उनी गिरफ्तार हुनुका साथै घाइतेसमेत भएका थिए । उनले तत्कालीन नेकपा (माओवादी) सँगको जिल्ला स्तरीय वार्ता समितिको संयोजक भएर द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा समेत महत्वपूर्ण योगदान पुर्याएका थिए ।
सामाजिक र शैक्षिक सक्रियता राजनीतिसँगै मुस्कान विभिन्न सामाजिक र शैक्षिक संस्थाहरूमा पनि क्रियाशील छन् । उनले मानव अधिकार तथा शान्ति समाजको अध्यक्ष (२०५८/२०६३) र बीपी चिन्तन प्रतिष्ठान अर्घाखाँचीको अध्यक्ष (२०६९ देखि हालसम्म) भएर सेवा गरिरहेका छन् ।
सञ्चार क्षेत्रमा उनले सामुदायिक रेडियो अर्घाखाँचीको अध्यक्ष र ‘भू–सन्देश साप्ताहिक’को प्रधान सम्पादकको रूपमा काम गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, नेपाल नेत्र ज्योति संघ र प्रजातान्त्रिक विचार समाजमा उनको आजीवन सदस्यता रहेको छ ।
आफ्नो राजनीतिक लक्ष्य प्राप्तिका लागि पार्टीको निर्देशनमा स्थायी शिक्षक पदबाट राजीनामा दिएका खनालको जीवन त्याग र समर्पणको पर्याय हो । अर्घाखाँचीको विकास र लोकतन्त्रको रक्षाका लागि उनको निरन्तरको सक्रियता उदाहरणीय रहेको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका मुस्कानले अर्घाखाँची जिल्ला भित्रिका पर्यटकीय क्षेत्रमा विशेष गरी धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूमध्ये पाणिनी तोभुमि पणेना दुर्वाशेश्वर गुफा, आलम देवीको मन्दिर, सुपा देउराली, खाँचीकोक, सिद्धेश्वर शिवालय, परशुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट लगायतको थुप्रै ऐतिहासिक धरोहरमा धार्मिक पर्यटन भित्राएर यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुर्याउने गरी का मगर्ने विषय आफ्नो चुनावी ऐजेण्डामा राखेका छन् ।
ती जिल्लामा अवस्थित केही मनोरम डाँडालाई आन्तरिक पर्यटनका लागि हिल स्टेशनको रूपमा विकास गर्ने आफ्नो चुनावी ऐजेण्डामा समेटेका छन् । साथै उनको चुनावी ऐजेण्डामा यस क्षेत्रको विकासका पूर्वाधारको सुननिश्चिता गर्दै यहाँका धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण प्रवद्र्धन र विकासका लागि वैज्ञानिक योजना निर्माण र कार्यान्वयन गर्ने विषय उल्लेख गरेका छन् ।
साथै उनले अर्घाखाँची जिल्लामा सु्विधा सम्पन्न अस्पताल, प्रत्येक स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य चौकीमा परिणत गर्दै प्राथमिक स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा परिणत गर्न पहले पनि चुनावी ऐजेण्डामा उल्लेख छ ।