arrow

काठमाडौँ ३ मा रास्वपाका पाण्डेको फराकिलो अग्रता, पछ्याउँदै घिसिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
raju-kulman-ktm-3.jpg

काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५९५ मत गणना भइसकेको छ ।

गणना गरिएको मतमध्ये ६९५ मत बदर भएको जानकारी दिँदै उनले विभिन्न दल तथा चुनाव चिह्नअनुसार प्राप्त मत सार्वजनिक गरिन् ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले छ हजार ५८४ मत प्राप्त गरेका छन् ।

यस्तै उज्यालो नेपालका कुलमान घिसिङले चार हजार २२०, नेकपा (एमाले) रामेश्वर फुयाँलले एक हजार २०९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत पाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले एक सय ६५ मत प्राप्त गरेका छन् । 

मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ