मुस्ताङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
थकालीले तीन हजार ३०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले एक हजार ८०६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थकाली यसअघिको ०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । त्यति बेला उनले तीन हजार ९९२ मत ल्याएका थिए ।
११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपालि ६ हजार ३९७ मत खसेको थियो ।