arrow

जीपले किचेर ठूलाखेतका २९ वर्षे कुमारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
accident-final.jpg

लमजुङ । लमजुङमा जिपले किचेर दोर्दी गाउँपालिका-४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ ।

सोही गाउँपालिका-४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा मंगलबार दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । 

उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए ।

तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका-८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ