कुवेती दिनार सबैभन्दा महँगो, पाउन्ड स्ट्रलिङ झन्डै दुई सय रुपैयाँ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
686
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन २८ गतेका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्राहरूमा स्विस फ्र्याङ्क एकको बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलरको १०५ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलरको बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा कायम भएको छ।
एसियाली मुद्राहरूको कुरा गर्दा जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको २१ रुपैयाँ ४९ पैसा र साउथ कोरियन वन १०० को बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल एकको बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियालको ४० रुपैयाँ ४८ पैसा र युएई दिरामको ४० रुपैयाँ १८ पैसा कायम गरिएको छ।
सबैभन्दा महँगो मुद्रा मानिने कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा र थाई भाटको ४ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।
केन्द्रीय बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकहरूले आफ्नै हिसाबले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र पछिल्लो विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिइएको छ।