arrow

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर: डलरको भाउ एक सय ४८ रुपैयाँ नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
foreign-exchange-always-25.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर लगायतका प्रमुख मुद्राहरूको नयाँ मूल्य तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा कायम भएको बैंकले जनाएको छ।

युरोपेली मुद्रा युरोको मूल्यमा पनि केही वृद्धि देखिएको छ, जसको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा कायम गरिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा तोकिएको छ भने स्वीस फ्रयाङ्कको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा पुगेको बैंकले उल्लेख गरेको छ।

अन्य मुद्राहरूमा अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा रहेको छ भने क्यानेडियन डलरको बिक्रीदर १०८ रुपैयाँ ८ पैसा कायम भएको छ। सिङ्गापुर डलरको बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा र जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआनको बिक्रीदर २१ रुपैयाँ ५० पैसा, साउदी रियालको ३९ रुपैयाँ ४४ पैसा र कतारी रियालको ४० रुपैयाँ ५२ पैसा कायम भएको बैंकले जनाएको छ।

थाइ भाटको बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिरामको ४० रुपैयाँ ३३ पैसा र मलेसियन रिङ्गेटको बिक्रीदर ३७ रुपैयाँ ८० पैसा तोकिएको छ। यस्तै, दक्षिण कोरियाली वन १०० को बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनरको १५ रुपैयाँ ९० पैसा र डेनिस क्रोनरको बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ। हङकङ डलरको बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनारको ४८२ रुपैयाँ ७२ पैसा, बहराइन दिनारको ३९२ रुपैयाँ २७ पैसा र ओमानको रियालको बिक्रीदर ३८४ रुपैयाँ ६८ पैसा रहेको बैंकले उल्लेख गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।

केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको भन्दा केही फरक हुन सक्ने जानकारी दिएको छ। अद्यावधिक विनिमय दरको विस्तृत विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ