वर्तमान व्यवस्था र संविधानप्रति हाम्रो प्रतिबद्धता अटल छ : रवि लामिछाने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
958
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले वर्तमान संविधानप्रति आफूहरू दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
अभिमुखीकरण कार्यक्रमको समापनमा उनले वर्तमान व्यवस्था र परिवर्तनप्रति पार्टीको प्रतिबद्धता अडिग रहेको स्पष्ट पारे।
उनले शासकीय स्वरूपमा भने समयानुकूल केही सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि पार्टी सचेत रहेको धारणा व्यक्त गरे ।
वर्तमान संविधानप्रतिको प्रतिबद्धता नडग्मगिएको र भविष्यमा पनि नडग्मगिने बताउँदै उहाँले सांसदहरूलाई पनि यसमा दृढ रहन आग्रह गरे ।
लामिछानेले मुलुकको वर्तमान अवस्थासम्म आइपुग्न पुराना राजनीतिक दलका नेताहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई नजरअन्दाज वा अपमान गर्न नहुने बताए।
उनका अनुसार विगतका बेथितिहरूमा प्रश्न उठाउन सकिने भए पनि इतिहासमा भएका योगदानलाई अस्वीकार गर्न मिल्दैन।
उनले भने, ‘वर्तमान व्यवस्था र संविधानप्रति हाम्रो प्रतिबद्धता अटल छ, यसमा कुनै डगमगाहट छैन। सुधार आवश्यक पक्षमा हामी सजग छौँ तर परिवर्तनका आधारभूत उपलब्धिलाई कमजोर पार्ने काम हुँदैन।’