arrow

ट्रक दुर्घटनामा चालकसहित चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
accident-final.jpg

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।  नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८  झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट,  निर्मलाका सात वर्षीय  छोरा  अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ । 

दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ