arrow

चोरीमा संलग्न दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
pakrau9.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने एक जना व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका-२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका-२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई पक्राउ गरेको हो ।

गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहनालगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहनाहरू, चाँदीको जस्तो देखिने विभिन्न गरगहनाहरू, खुकुरी एक थान, फलामको रड दुई थान, तरबार एक थान, नगद दुई लाख ४९ हजार रुपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कुटर एक थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ