arrow

चैत २० देखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
women-mela-lalitpur.jpg

काठमाडौँ। महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तीकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला-२०२६ आयोजना गर्ने भएको छ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो ।

यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।

महासंघका अनुसार मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूका उत्पादन तथा सेवाको प्रदर्शन, प्रवर्द्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्ने, नेटवर्किङ तथा व्यापारिक सहकार्य बढाउने र ज्ञान-सीप आदानप्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र दीगो व्यापारिक अवसर सिर्जनामा योगदान पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त मेलामा नेपालका विभिन्न जिल्लाका महिला उद्यमीका साथै अन्तर्राष्ट्रिय सहभागिता पनि रहने अपेक्षा गरिएको छ ।

महासंघले २३ वर्षदेखि नेपालभर महिला उद्यमशीलताको विकास, प्रवद्र्धन र सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

हाल ७७ ओटै जिल्लामा महिला उद्यमी संघ विस्तार गर्दै छ हजार भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको र करिब एक लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही रहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ