arrow

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
ravi-lamichhne-ss.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । 

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । गत मङ्गलबारदेखि सुनुवाइ शुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा आइतबारका लागि राखिएको थियो ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गत चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै आइतबारका लागि पेसी तय भएको थियो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न गत चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । 

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । 

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ