-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी चैत १९ गतेदेखि सुरु हुने संसद् अधिवेशनको तयारीका लागि भोलि (बुधबार) सर्वदलीय बैठक बोलाएको छ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई दिउँसो १:०० बजेका लागि बैठकमा आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस बमोजिम चैत १९ गते अपराह्न २:०० बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरिसकेका छन्।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठकबाटै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।
हाल प्रतिनिधिसभामा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दलहरूको सहभागिता रहेको छ।