arrow

नेशनल हर्टिकल्चर एक्स्पो चैत १९ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
narsari-mela.jpg

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ । 

संघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी चैत १९ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो ।

मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविनकुमार गौतमले जानकारी दिए।

कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पुर्याउने उनको विश्वास छ ।

उनका अनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका सात सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् ।

मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने उनले बताए।

मेलामा ५६ ओटा व्यवसायिक स्टल, दुई ओटा फुड स्टल, तीन ओटा आधिकारिक स्टल र चार ओटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ ओटा स्टल रहने छन् ।

उनका अनुसार मेलामा करिब ५१ हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए।

उनका अनुसार ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट एक/एक जना व्यवसायीलाई संम्मान गरिने कार्यक्रम पनि छ ।

संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक छ अर्व ४३ करोडको कारोवार गर्ने गरेको छ ।

देशभर रेहका तीन हजार नौ सय एक ओटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले एक लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ ।

संघका अनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरुले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ