arrow

एसईईको उत्साह [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
see-82-12-19-pppp (2).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्युज बैंक ।

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा शुरू भएको छ ।

यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन् । 

पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् ।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

see-82-12-19-pppp (1).jpg
see-82-12-19-pppp (2).jpg
see-82-12-19-pppp (3).jpg
see-82-12-19-pppp (4).jpg
see-82-12-19-pppp (5).jpg
see-82-12-19-pppp (6).jpg
see-82-12-19-pppp (7).jpg
see-82-12-19-pppp (8).jpg
see-82-12-19-pppp (9).jpg
see-82-12-19-pppp (10).jpg
see-82-12-19-pppp (3).jpeg
see-82-12-19-pppp (4).jpeg
see-82-12-19-pppp (5).jpeg
see-82-12-19-pppp (6).jpeg
see-82-12-19-pppp (7).jpeg
see-82-12-19-pppp (8).jpeg
see-82-12-19-pppp (9).jpeg
see-82-12-19-pppp (10).jpeg
see-82-12-19-pppp (11).jpeg
see-82-12-19-pppp (12).jpeg
see-82-12-19-pppp (13).jpeg
see-82-12-19-pppp (14).jpeg
see-82-12-19-pppp (15).jpeg
see-82-12-19-pppp (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ