arrow

स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्छौँ, पुराना पदाधिकारीले मार्ग प्रशस्त गरिदिनुस्: रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
ravi-lamichhane-12-19.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सार्वजनिक तथा संवैधानिक निकायहरूमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले अबका नियुक्तिहरू नीति, कानुन, मापदण्ड र पारदर्शी मान्यताका आधारमा मात्र हुने स्पष्ट पारे।

सम्बोधनका क्रममा लामिछानेले विगतमा राजनीतिक आधारमा नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारीहरूलाई स्वेच्छाले पद छाडेर नयाँ प्रक्रियाका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरे। उनले भने, "सरकार नयाँ नीति र मापदण्डका आधारमा स्वच्छ प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया सुरु गर्न चाहन्छ। हिजो नियुक्ति लिएका पदाधिकारीहरूले स्वेच्छाले बाटो खोलिदिनुहुनेछ भन्ने मेरो अपेक्षा छ।"

यसैगरी, उनले पछिल्लो समय भएका राजनीतिक पक्राउहरूलाई 'प्रतिशोध' नभन्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्। न्याय पाउने पहिलो अधिकार 'जेन-जी' आन्दोलनका क्रममा पीडित भएका आमाहरूको भएको उल्लेख गर्दै उनले सरकारले कानुनसम्मत ढङ्गले न्याय निरूपणको प्रक्रिया अघि बढाएको दाबी गरे। सुशासन र न्यायको सवालमा सरकार पछि नहट्ने भन्दै उनले सबैलाई संयमित भएर सहयोग गर्न आह्वान समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ