arrow

केएमसी अस्पताल पुगेर जेन–जी घाइतेलाई भेटे गृहमन्त्री गुरुङले  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
sudhan-gurung-sunil-sharma-kmc.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन् । घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा सुनील शर्मालाई मन्त्री गुरुङले धन्यवादसमेत दिएका थिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए ।

उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होशमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।

डा शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए ।

उनले डा शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवादसमेत व्यक्त गरेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ