arrow

वैशाख २ देखि आर्थिक गणनाका लागि देशभर गणक खटिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
tathyanka-karyalaya.jpg

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि करिब पाँच हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित अन्तर्क्रियामा उनले बैशाख २ गतेदेखि देशभर गणक खटिने जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय आर्थिक गणना गर्न पाँच हजार जना कर्मचारीहरू परिचालन भएका छन् । बैशाख २ गतेबाट देशभर गणकहरू खटिने छन् कामको लागि ।’

उनले आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले देशको अर्थतन्त्र सञ्चालनका लागि आवश्यक नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।

उनले भने, ‘अर्थतन्त्रलाई कसरी चलायमान गर्ने विषयमा सबै सेक्टरको तथ्यांक आइसकेपछि राज्यले बनाउने नीति, योजना, बजार कस्तो छ ? बजारमा के आवश्यकता छ ? के निर्यात बढी भइरहेको छ ? के आय भैइरहेको छ ? भन्ने नीति योजना बढाउनको लागि यो आर्थिक गणनाले ठूलो एउटा आधार दिन्छ ।’

लामिछानेले हरेक वर्ष स्याम्पल विधिबाट सर्वेक्षण गरी कुल गाहस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गर्दै आएको उल्लेख गर्दै यसपटकको आर्थिक गणनाले त्यसलाई थप सुदृढ आधार दिने बताए ।

उनले भने, ‘हरेक वर्ष राज्यको अर्थतन्त्रको साइज निकाल्नका लागि स्याम्पल विधिबाट हामीले सर्भे गर्छौँ। त्यो सर्भेले ठूलो आधार यसले दिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ