arrow

लागुऔषधसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
pakrau9.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुलसहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद तीन लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागुऔषध डाइजेपाम ६९ एम्पुल, फेनारगन ६६ एम्पुल र बुप्रेनोर्फिन ६५ एम्पुलसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने ३१ वर्षीय सुरज गुरूङ र काठमाडौँ गौशाला बस्ने २३ वर्षीय प्रेम सार्की छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु२ ख १४०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीबाट नियन्त्रित लागुऔषध नोर्फिन ९६ एम्पुल, डाइजेपाम ९८ एम्पुल, फेनारगन ९१ एम्पुल र टेन्टाडोल ५४ ट्याब्लेटसहित भक्तपुर लिवाली बस्ने भक्तपुर नगरपालिका-१ दूधपाटी घर भएका ३७ वर्षीय राजु कर्मचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ