arrow

नेप्से परिसूचक ४९ अङ्कले बढ्दा झन्डै १० अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
Nepse-Up-bull.jpg

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज बिहीबार उच्च अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा एक दशमलव ७३ प्रतिशतको वृद्धि हो। 

आज दिनभरिको कारोबारमा ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा कुल नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको ठूलो रकमको कारोबार भएको नेप्सेले जनाएको छ। 

बजारमा आज सबै समूहका उपसूचकहरूमा हरियाली छाएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताको मनोबल उच्च देखिँदा कारोबार रकम पनि १० अर्ब रुपैयाँको नजिक पुगेको छ, जसले पुँजी बजारमा सकारात्मक ऊर्जा सञ्चार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ