arrow

एसईईका उत्तरपुस्तिका जाँच्ने क्रम धमाधम, बोडे मावि केन्द्रमा शुक्रबारै सकिँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
bode-mavi-bhaktapur.jpg

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सकिएसँगै उत्तरपुस्तिका जाँच्ने क्रम धमाधम चलिरहेको छ । सरकारले परीक्षा भएको एक महिनामै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेसँगै अहिले पहिलो दिन परीक्षा सकिए लगत्तैदेखि नै उत्तरपुस्तिका परीक्षण भइरहेको हो । 

कतिपय स्थानमा उत्तरपुस्तिका जाँच्ने क्रम अन्तिम चरणमा पुगेको छ । सहभागी देशैभरका सम्पूर्ण सहभागी विद्यार्थीको यकिन तथ्यांक आइनसकेको भए पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । 

तर कतिपय विद्यार्थी सहभागी नै नभएको, कसैका नक्कली परीक्षार्थी पनि भएको कारणले गर्दा परीक्षार्थी संख्या घटेको छ । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कूल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका थिए ।  

११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उपनियन्त्रक ज्ञवालीले जानकारी दिए । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । 

उपनियन्त्रक ज्ञवालीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने स्पष्ट पार्दै यसपालि एक महिनाभित्रै नतिजा निकाल्ने बताए ।

सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उनको भनाइ छ । उनका अनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच भएको हो ।   

परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र सुपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको समयमा लब्धांकपत्रहरू परीक्षा नियन्त्रण कार्यलय पठाउनेछ ।
 
उनले परीक्षा शुरू अघिल्लो दिन नै स्पष्ट पार्दै उनले भनेका थिए, ‘विगतमा जस्तो परीक्षा सकिएपछि नजिता धेरै दुई,तीन महिना नै कुर्नुपर्दैन । अहिले सरकारले द्रूत गतिमा नतिजा प्रकाशन गर्ने भनेर हामीलाई निर्देशन प्राप्त भएको छ । हामीले कम्तीमा एक महिनाभित्रै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेका छौँ । अहिलेसम्मको मोडेल हेर्दा जहाँ जहाँ परीक्षा केन्द्र छ, त्यहीबाट जुन दिन परीक्षा भयो, सोही दिनबाट परीक्षक र संपरीक्षकलाई बोलाएर उत्तरपुस्तिका परीक्षण गर्ने र मार्कस्लिपहरु सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय ईकाइले मार्कस्लिप परिक्षा नियन्त्रण कार्यलय कक्षा १० मा तोकिएकोसमय भित्र पठाउने गरी तयारी गरिएको छ । यसपालि कम्तीमा एक महिनाभित्रै नजिता प्राप्त गर्न सक्नुहुनेछ ।’

भक्तपुरको बोडे माविमा उत्तरपुस्तिका जाँच्ने काम शुक्रबारै सकिने 

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ मा रहेको बोडे माध्यमिक विद्यालयमा यसपालि भक्तपुरका सात विद्यालयका ३०१ परीक्षार्थीले परीक्षा दिँदै थिए । तर बोडे माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष तारानिधि दाहालका अनुसार २९८ परीक्षार्थीमात्र परीक्षामा संलग्न भए । 

उनका अनुसार सबैभन्दा धेरै एसओएस हर्मन माइनर विद्यालयका ८१ परीक्षार्थी सहभागी थिए । त्यस्तै जनप्रेमी वल्डका ७१, गणेश माविका ६१, सुप्रिम एकेडेमीका ३५,  एभरेष्ट पब्लिक एकेडेमीका २०, प्राइम एकेडेमीका १९ र ज्ञानसधा पाठशालाका ११ जना परीक्षार्थी सहभागी भए ।  

उनले बिहीबार नै परीक्षा सकिएको र शान्तपूर्ण वातावरणमा परीक्षा गरिएको जानकारी दिए । उनले भने, हामीले मर्यादित तरिकाले परीक्षा सम्पन्न गरेका छौँ । कुनै पनि परीक्षार्थी कारबाहीमा परेनन् । हामीले सीसीटीभीमार्फत परीक्षार्थीको निगरानी गरेका थियौँ । शान्त र सभ्य तरिकाले परीक्षाा सकिएको छ ।'

केन्द्राध्यक्ष दाहालले उत्तर पुस्तिका पनि विद्यालयमै जाँच्ने काम भइरहेको बताए । दाहालले भने, 'सीसीटीभीको निगरानीसँगै सुरक्षाकर्मी राखेर हामीले उत्तरपुस्तिका जाँचिरहेका छौँ । हामीसँग भएका बाहेकका विषय विज्ञ शिक्षकहरू भक्तपुरकै सरकारी विद्यालयबाट बोलाएर उत्तरपुस्तिका जाँच गरिएको हो । हामीले सबै उत्तरपुस्तिका शुक्रबारसम्म जाँचिसक्छौँ ।'

सो क्रममा प्रधानाध्यापक दाहालले बोडे माविको इतिहासको पनि चर्चा गरे । यो मावि २००५ सालमा राणाकालमा स्थापना भएको हो । २०३७ सालदेखि एसईई दिन थालेको यो विद्यालयले ०६४ सालदेखि ११ र १२ कक्षा पनि सञ्चालन गरिरहेको छ । जसमा विज्ञान संकाय बाहेकका कानूनसमेत गरी विषयका पढाइ हुन्छन् । 

बोडे माविका ६८ विद्यार्थीले यसपालि एसईई दिए । यो विद्यालयमा ७६१ जना विद्यार्थी रहेका छन् । 

बोडे खुला विद्यालय पनि सञ्चालन
प्रधानाध्यापक दाहालले बोडे मावि सँगसँगै बोडे खुला विद्यालय पनि सञ्चालनमा रहेको जानकारी दिए । यो खुला विद्यालयबाट ५३ जनाले एसईई दिएका छन् । 

यो विद्यालयको व्यवस्थापन एउटै रहेको उनले बताए । 

bode-mavi-centre (1).jpg
bode-mavi-centre (20).jpg
bode-mavi-centre (19).jpg
bode-mavi-centre (18).jpg
bode-mavi-centre (17).jpg
bode-mavi-centre (16).jpg
bode-mavi-centre (15).jpg
bode-mavi-centre (14).jpg
bode-mavi-centre (13).jpg
bode-mavi-centre (12).jpg
bode-mavi-centre (11).jpg
bode-mavi-centre (10).jpg
bode-mavi-centre (9).jpg
bode-mavi-centre (8).jpg
bode-mavi-centre (7).jpg
bode-mavi-centre (6).jpg
bode-mavi-centre (5).jpg
bode-mavi-centre (4).jpg
bode-mavi-centre (3).jpg
bode-mavi-centre (2).jpg
bode-mavi-centre (21).jpg
bode-mavi-centre (22).jpg
bode-mavi-centre (23).jpg
bode-mavi-centre (24).jpg
bode-mavi-centre (25).jpg
bode-mavi-centre (26).jpg
bode-mavi-centre (27).jpg
bode-mavi-centre (28).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ