arrow

कानून निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा गरिन्छ : सभामुख अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
dp-aryal-28-12.jpg

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले अब कानून निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित लायन्स क्लबको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानूनहरू बनाउन र संशोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताका लागि कानून बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।

उनले भने, ‘नेपालमा धेरै क्षेत्रमा कानूनहरू बनाउन र संसोधन गर्न बाँकी छ । कानून, ऐन, नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संशोधन गर्नुपर्ने छ भने कसैको अहितमा कुनै पनि कानून छ भने त्यो कानूनलाई फाष्ट ट्रयाकमा संशोधन गरेर नयाँ बनाउँछौँ। यो राष्ट्र र राष्ट्रियताका लागि कानून बनाउने कुरामा एक इन्च पनि दायाँबायाँ नभई इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु । जति ढिला भयो उति समस्या बढ्न सक्छ । त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ ।’

यस्तै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गरे ।

सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर/खर्चको अभावका कारण हो भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘लायन्स क्लबले यति धेरै राम्रो कामहरू गरेको छ । तर यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन् । सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ? सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि ? खर्च दिन नपुगेको हो कि ? नत्र देशभरी यत्रो काम हुन्छ । लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन् । तर किन कुनै लेखहरू आएनन? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाहीँ सबै जना जाने । यस्तो कार्यक्रममा किन नजाने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ