arrow

उपत्यकामा शुरू भयो रात्रिकालीन बस सेवा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
sajha-yatayat-ktm-night-bus.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा शुरू गरिएको छ। साझा यातायातले मंगलबारदेखि रात्रिकालिन बस सेवा शुरू गरेको हो । राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।

पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ ।

यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ । साथै ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ ।

यो सेवा प्रारम्भिक चरणमा शुरू गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ।

night-bus-ktm-valley-sajha-yatayat (2).jpg
night-bus-ktm-valley-sajha-yatayat (3).jpg
night-bus-ktm-valley-sajha-yatayat (4).jpg
night-bus-ktm-valley-sajha-yatayat (5).jpg
night-bus-ktm-valley-sajha-yatayat (6).jpg
night-bus-ktm-valley-sajha-yatayat (7).jpg
night-bus-ktm-valley-sajha-yatayat (8).jpg
night-bus-ktm-valley-sajha-yatayat (9).jpg
night-bus-ktm-valley-sajha-yatayat (10).jpg
night-bus-ktm-valley-sajha-yatayat (11).jpg
night-bus-ktm-valley-sajha-yatayat (12).jpg
night-bus-ktm-valley-sajha-yatayat (13).jpg
night-bus-ktm-valley-sajha-yatayat (14).jpg
night-bus-ktm-valley-sajha-yatayat (15).jpg
night-bus-ktm-valley-sajha-yatayat (16).jpg
night-bus-ktm-valley-sajha-yatayat (17).jpg
night-bus-ktm-valley-sajha-yatayat (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ