arrow

हर्षोल्लाससहित मनाइयो सिन्दूर जात्रा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
dindur-jatra-thimi-83-1-2 (8).jpg

भक्तपुर । भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमीका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

dindur-jatra-thimi-83-1-2 (2).jpg
dindur-jatra-thimi-83-1-2 (3).jpg
dindur-jatra-thimi-83-1-2 (4).jpg
dindur-jatra-thimi-83-1-2 (5).jpg
dindur-jatra-thimi-83-1-2 (6).jpg
dindur-jatra-thimi-83-1-2 (7).jpg
dindur-jatra-thimi-83-1-2 (8).jpg
dindur-jatra-thimi-83-1-2 (9).jpg
dindur-jatra-thimi-83-1-2 (10).jpg
dindur-jatra-thimi-83-1-2 (11).jpg
dindur-jatra-thimi-83-1-2 (12).jpg
dindur-jatra-thimi-83-1-2 (13).jpg
dindur-jatra-thimi-83-1-2 (14).jpg
dindur-jatra-thimi-83-1-2 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ