arrow

अमेरिकी डलर र युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
foreign-exchange-always-25.jpg

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलर र युरोसहितका प्रमुख मुद्राहरूको मूल्यमा अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ। हिजोको तुलनामा डलरको मूल्य १ पैसाले घटेको हो; हिजो यसको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा रहेको थियो।

त्यसैगरी, युरोपियन युरोको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। आज युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा कायम गरिएको छ, जबकि हिजो यसको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा थियो।

यता युके पाउन्ड स्ट्रलिङ र स्विस फ्र्याङ्कको मूल्य पनि ओरालो लागेको छ। आजका लागि पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा तोकिएको छ, जुन हिजोको बिक्रीदर २०३ रुपैयाँ १९ पैसाको तुलनामा ४३ पैसाले कम हो। स्विस फ्र्याङ्कको खरिददर आज १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा कायम भएको छ, जुन हिजोको बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा भन्दा ६९ पैसाले सस्तिएको हो।
                                               
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
 
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८३ पैसा तोकिएको छ  । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
                                                                        
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ