arrow

अधिकार सुरक्षित नभएसम्म हर्मुज जलमार्गबाट पछि नहट्ने इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
hormuz-ai-made.jpg

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले इरानको अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म 'स्ट्रेट अफ होर्मुज' हर्मुज जलमार्गबाट पछि नहट्ने स्पष्ट पारेका छन्। इरानी बन्दरगाहहरूमा अमेरिकाले सैनिक नाकाबन्दी गरेपछि त्यसको कडा प्रतिवाद गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्व कमान्डरसमेत रहेका रेजाईले इरानको जलमार्गमा आर्थिक र समुद्री गतिविधिमाथिको नियन्त्रण कायम राख्ने अडान व्यक्त गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले विगतका वार्ता र सम्झौताहरूबाट पाठ सिक्दै अबका दिनमा हुने कुनै पनि मस्यौदाहरू थप सावधानीपूर्वक बनाइनुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय इरान र अमेरिकाबीचको द्वन्द्वको मुख्य केन्द्रविन्दु सामरिक रूपले महत्त्वपूर्ण मानिने हर्मुज जलक्षेत्र बनेको छ। संयुक्त राज्य अमेरिकाले बुधबार मात्रै इरानका बन्दरगाहहरूमा नाकाबन्दी कार्यान्वयन गरिएको घोषणा गरेको थियो। 

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले एक विज्ञप्ति जारी गर्दै अपरेशन सुरु भएको ३६ घण्टाभित्रै अमेरिकी सेना इरानी जलक्षेत्रमा प्रवेश गर्ने दाबी गरेपछि यो क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ