arrow

अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समिति

आर्थिक वर्ष र सार्वजनिक खरिद ऐन परिवर्तन गर्न चिरिबाबुको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
chiribab-prastab.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग राखेका छन्। बिहीबार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग सो प्रस्ताव राखेका हुन्।

मनसुनी वर्षा र त्योभन्दा अघिको समयमा कुनै पनि आयोजनाको डिजाइन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र बाँकी समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय फेर्नु उपयुक्त हुने उनको तर्क थियो। 

सरकारले विकास निर्माणको काममा आमूल परिवर्तन हुने गरी काम गर्नुपर्नेमा मेयर महर्जनले जोड दिए। उनले सार्वजनिक खरिद ऐन २०६३ मा समेत ठूलो फेरबदल गर्न संघीय सरकारको ध्यानाकर्षण गराए। कुनै पनि आयोजना समयमा सम्पन्न नहुनुमा सोही ऐन मुख्य कारण रहेको औँल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘यो सरकारले व्यापक परिवर्तन गर्नुपर्दछ। त्यसमध्ये मुख्य कुरा आर्थिक वर्ष परिवर्तन गरौँ। प्रि-मनसुन र मनसुनको समयमा डिजाइन, इष्टिमेट र टेन्डर जस्ता कागजी काम गरौँ र अन्य सुधारिएको मौसममा निर्माणको काम गर्ने गरी समय मिलाऔँ। यो सुझाव मैले अघिल्लो सरकारलाई पनि दिएको थिएँ र अहिलेका मन्त्रीज्यूलाई पनि दिएको छु।’ 

उनले सार्वजनिक खरिद ऐन २०६३ लाई मुलुकको वर्तमान अवस्थाको मुख्य कारक मान्दै राष्ट्रिय गौरवका आयोजनाहरू समयमा र तोकिएको लागतमा नसकिनुमा यसैको दोष रहेको बताए। सडकको खराब अवस्थाका कारण यात्रा जोखिमपूर्ण बनेको उल्लेख गर्दै उनले खरिद ऐन र विद्यमान कानुनमा समयसापेक्ष सुधार आवश्यक रहेको प्रस्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ