arrow

टी-२० आई सिरिजमा नेपाल र यूएई मैदानमा, नेपाल बलिङमा, सन्तोषलाई मौका  [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
t20-nep-uae-82-1-8www (8).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले यूएईसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।  

पहिलो खेलमा रहेका चार खेलाडी परिवर्तन भएका छन् । सन्तोष यादवले पहिलो पटक मौका पाएका छन् । 

सन्तोष यादव पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल्दै ।

डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । घरेलु मैदानमा श्रृंखला बराबरी गर्न पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

अर्कातर्फ नेपालले पहिलो पटक एक दवसीय र टी-२० का छुट्टाछ्ट्टै कप्तान बनाएसँगै पहिलो पटक आधिकारिक रूपमा दिपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका छन् । 

यसअर्थमा पनि ऐरी आजको खेलमा जित हासिल गर्न चाहन्छन् । पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको हो । वर्षाले १० ओभरमा झारिएको खेलमा ७८ रनको चुनौती यूएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । 

पहिलो पटक कीर्तिपुर मैदानको फ्लडलाइटमा खेलेका कारण होला विकेटकिपर अर्जुन साउदले सहज क्याचसमेत छुटाएका थिए । नेपालको फिल्डिङ ध्वस्त नै थियो । 

यूएईले पहिलो ओभरमै २० रन बनाएर जितको यात्रा सहज बनाएको थियो ।

वर्षाका कारण खेल रोकिएपछि यूएईले नयाँ चुनौती पाएको थियो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । १८ ओभर ५ बल खेल्दा वर्षाले खेल रोकिनुपूर्व ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३२ रन बनाए । अन्य ब्याटरहरू चल्न सकेनन् । मुहम्मद जुहैबले ३ विकेट लिए । खेल लामो समय रोकिँदा नेपालले थप ब्याटिङ गरेन । यूएईले नयाँ चुनौतीसहित ब्याटिङ गरेको थियो । 

नेपाली टोलीले यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिज खेलिरहेको हो । पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल भइरहेको हो । यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाएको हो । 

जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । 

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । 

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् ।

t20-nep-uae-82-1-8www (8).jpeg
t20-nep-uae-82-1-8www (9).jpeg
t20-nep-uae-82-1-8www (10).jpeg
t20-nep-uae-82-1-8www (11).jpeg
t20-nep-uae-82-1-8www (12).jpeg
t20-nep-uae-82-1-8www (13).jpeg
t20-nep-uae-82-1-8www (14).jpeg
t20-nep-uae-82-1-8www (15).jpeg
t20-nep-uae-82-1-8www (16).jpeg
t20-nep-uae-82-1-8www (17).jpeg
t20-nep-uae-82-1-8www (18).jpeg
t20-nep-uae-82-1-8www (19).jpeg
t20-nep-uae-82-1-8www (20).jpeg
t20-nep-uae-82-1-8www (21).jpeg
t20-nep-uae-82-1-8www (22).jpeg
t20-nep-uae-82-1-8www (1).jpeg
t20-nep-uae-82-1-8www (2).jpeg
t20-nep-uae-82-1-8www (3).jpeg
t20-nep-uae-82-1-8www (4).jpeg
t20-nep-uae-82-1-8www (5).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ