arrow

रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
ravi-lamichhne-12-19.jpg
तस्बिर : फाइल

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरिएको रिट निवेदन दरपिठ (रिट दर्ता गर्न अस्वीकार) गरेको छ ।

अधिवक्ता आयुष बडाल सहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ